पसलमा चोरी भएपछी प्रहरीविरुद्ध रौतहटका व्यापारी आन्दोलित



मेरो प्रदेश सम्वाददाता
रौतहट
एक एलेक्ट्रोनिक पसलमा हिजो राती चोरी भएपछि रौतहट स्थित बिजयपुर बजारका व्यापारी आन्दोलित भएका छन् । स्थानीय मुकेश साह कलवारले संचालन गरेको एलेक्ट्रोनिक पसलको सटरको ताल्चा फोडेर ३ लाख ५० हजार बराबरको सामान चोरी भएपछि प्रहरीको चरम लापरबाही भन्दै व्यापारीहरुले सडकनै अवरोध गरी आन्दोलन गरिरहेका छन।
घटना स्थलबाट ईलाका प्रहरी कार्यालय विजयपुर दुईसय मिटर मात्र टाढा रहेको पसलबाट चोरी भएको हो ।
पसल संचालक मुकेश साहले क्वारेन्टिनको गेटमै रहेको पसलमा चोरी हुनु प्रहरीको चरम लापरबाही भएको बताए । अर्का ब्यापारी जयराम साहले ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिशोर साह आएदेखि नै अपराधिक घटनामा वृद्धि भएको आरोप लगाए ।


दुई सय मिटर टाढा घटनास्थलमा पुग्न प्रहरीलाई फोन गरेको ४५ मिनेट लाग्नु आफैमा प्रश्न उठ्ने उनको भनाई छ । क्वारेन्टिनको ड्युटीमा प्रहरी नै रहेकै कारण चोरिको घटना भएको अर्का ब्यापारी श्रीभगवान साहले बताए ।

बिजयपुरका ब्यापारीहरुका अनुसार घटनाको छानबिन गरेर चोरलाई पक्राउ नगरेसम्म अवरुद्ध बटो नखुल्ने अडानमा छन् ।

यता, प्रहरी निरीक्षक चन्द्रकिशोर साहले भने आफू यो कार्यालयमा आएदेखि अपराधिक घटनामा कमी आएको दाबी गरे । उनले चोर पत्ता लगाउन प्रहरी नजिक पुगिसकेकोले पूर्वाग्रह राखेर प्रहरीलाई बदनाम गर्न खोजिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button