गुल्मीमा होम क्वारेन्टिनमै एक जनाको मृत्यु, मृतक संख्या २३ पुग्यो



मेरो प्रदेश सम्वाददाता
गुल्मी
नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज (आइतबार) बिहान दिएको जानकारी अनुसार बिहीबार साँझ होम क्वारेन्टिनमै मृत्यु भएका ६९ वर्षीय पुरुषको स्वाब परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशाला पठाइएकामा हिजो (शनिबार) दिउँसोे रिपोर्ट कोरोना पोजिटिभ आयो,’ उनले भने ।


प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ती व्यक्ति प्यारालाइसिसको दीर्घरोगी थिए। भर्खरै भारतबाट उपचार गराएर घर फर्केका थिए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button