फेरि ३४ थपिए प्रदेश नं २ मा काेराेना संक्रमित

प्रदेश नं २ मा पछिल्लो चौबिस घण्टामा ३ महिलासहित ३४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश नं २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार यो सँगै प्रदेश न्ां २ मा कुल संक्रमितको संख्या २ हजार ७ सय ९० पुगेको छ ।
यसैगरी शनिबार सम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या ७ सय ४० पुगेको छ ।
संक्रमण पुष्टि भएकाहरुमा महोत्तरीमा २४ जना, सर्लाहीमा २, रौतहटमा ५ र बारामा ३ जना छन् ।