लकडाउन गर्ने अधिकार अब प्रदेश सरकारलाई



प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको आधारमा आफैले प्रदेश वा प्रदेशकाे  कुनै क्षेत्र वा जिल्लामा लकडाउन घोषणा गर्न पाउने भएको छ ।
काेराेना भाइरस कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिस अनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूरै वा अाँशिक  लकडाउन गर्नसक्ने निर्णय गरेको छ  ।


सीसीएमसीद्वारा जारी विज्ञप्ति अनुसार क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारका लागि प्रदेश सरकार मार्फत् विभिन्न पालिकाहरूलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णय गरेकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button