नेपालमा कोरोना संक्रमितको संख्या साँढे ८ हजार नाँघ्याे



नेपालमा कोरोना संक्रमितको संख्या साँढे ८ हजार नाँघेकाे छ ।  पछिल्लाे  २४ घण्टामा नेपालमा  ३ सय ३१ जना काेराेना  भाइरस संक्रमित थपिएका छन् । याे संगै नेपालमा काेराेना भाइरसका बिरामीकाे कुल संक्रमितकाे  संख्या ८ हजार ६ सय ५ पुगेकाे छ ।


यसैगरी शनिबारकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय ७६ जना घर फर्किएका छन्। याे संगै काेराेनाबाट  अहिलेसम्म निकाे हुनेकाे संख्या   १५ सय ७८ पुगेकाे छ ।

त्यसैगरी   अहिलेसम्म काेराेनाबाट  २२ जनाको मृत्यु भएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button