सप्तरीमा क्वारेन्टाइनबाट गर्भवती महिला फरार



सप्तरीको राजविराज नगरपालिकाको क्वारेन्टिनबाट दुइ महिने  गर्भवती  महिला  फरार भएकी छिन ।   जिल्लाको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् ।


सबैजना सुतेको  माैकाछाेपी  रातकाे समयमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टिनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो ।

झ्यालको फलामे छड बङ्ग्याएर भागेको हुन सक्ने  अनुमान गरिएकाे छ । फरार भएकी महिला गत जेठ २५ गते भारतको दिल्लीबाट  नेपाल आएकी थिइन  ।

गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन् ।राजविराज आएपछि क्वारेन्टिनमा बसेको १० दिनपछि भागेकी ती महिलाकाे सर्वत्र खाेजी गरेपनि कहि फेला नपरेकाे बताइएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button