अब विदेशी बुहारीले सात वर्षपछि मात्रै नेपाली  अंगीकृत नागरिकता पाउने



अब नेपाली पुरूषसंग बिहे गरेर अाएकी विदेशी मुलकी नेपाली बुहारीले ७ वर्षपछि मात्रै नेपाली नागरिकता पाउने भएकी छन् ।


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै नेपालकाे  अंगीकृत नागरितकता दिनुपर्ने कडा निष्कर्श निकालेकाे छ ।

बालुवाटारमा  शनिबार बिहान बसेको पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै  विदेशी बुहारीलाई नागरिकता वितरण गर्न कडा रणनीति अख्तियार गरेकाे छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि विदेशी महिलाले  नेपाली  पुरुषसँग विवाह गरेर सात बर्ष नेपालमा बसेको हुनुपर्ने र त्यसबीचमा विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछि मात्रै नेपाली अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको जानकारी दिए ।  नेपालकाे नागरिकता सम्बन्धी ऐन २०६३ संशोधन गरेर उक्त निर्णय कानुनका रूपमा ल्याउन यसाे गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button