प्रदेश २ मा काेराेना संक्रमितकाे संख्या ३ हजार नजिक



प्रदेश २ मा काेराेना संक्रमितकाे संख्या ३ हजार नजिक रहेकाे छ । यस प्रदेशमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।


प्रदेश २ काे समाजिक विकास मनत्रालयका अनुसार ७ पुरुष र २ महिला गरी शुक्रवार ९ जनामा संक्रमण पुष्टि भएको छ ।  यो सँगै प्रदेश नं २ मा  कुल संक्रमितको संख्या २ हजार ७ सय ९० पुगेको छ ।

शुक्रवार सप्तरीमा ४,सर्लाहीमा ५ जनामा  संक्रमण देखिएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button