महाेत्तरीकाे अनिल चाैधरी सहित २४ जनाकाे शव शुक्रबार नेपाल ल्याइदै



वैदेशिक रोजगारीको क्रममा केही समय अगाडी मृत्यू दण्डकाे सजाय पाएका महाेत्तरीकाे अनिल चाैधरी सहित विभिन्न कारणले विदेशमा ज्यान गुमाएका  २४ जनाको शव शुक्रबार  नेपाल ल्याइदैँ छ । साउदी, कतार, कुवेत र युएई गरी चार देशमा विभिन्न कारणले ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याउन लागिएकाे हाे ।


जसमध्ये प्रदेश २ काे  मात्रै १० जनाकाे शव रहेको  छ । कतार एयरवेजमार्फत ४३ जना नेपाली र २४ वटा शव नेपाल ल्याइन लागीएकाे हाे ।

उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो । बैदेशिक रोजगार बोर्डका अनुसार कतार बाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो । साउदीबाट एकजनाको शव यसअघि नै हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइ सकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

 

वैदेशिक रोजगार बोर्डका अनुसार ल्याउन लागेकाे शवकाे नामावली 

कतारबाट 

१. महमुद अलमान मुसलमान, कपिलवस्तु
२. मुस्ताक साइक, सर्लाही
३. रुपेशकुमार मण्डल, सिरहा
४. कुम्बा तामाङ, लमजुङ
५. भक्तबहादुर थापामगर, बाँके
६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७. युवराज अधिकारी, मोरङ
८. मीनबहादुर थापा, भोजपुर
९. नरबहादुर कामी, सुर्खेत
१०. मंगलबहादुर तामाङ, भोजपुर
११. सुकराम थारु, बर्दिया
१२. अरुणकुमार पंजियार, सर्लाही
१३. शिवशंकर राउत, महोत्तरी
१४. चुतर्वा मण्डल, धनुषा
१५. जितेन्द्र थापामगर, मकवानपुर
१६. यामबहादुर थापा, रुपन्देही
१७. कासिदेव यादब, सिराहा
१८. सधोवाका पासवान, सर्लाही
१९. अनिल चौधरी, महोत्तरी
२०. मनोज पासवान, सर्लाही

साउदीबाट

१.भैरब बहादुर बस्नेत
कुवेतबाट

१. सोनि तामाङ, नुवाकोट
२.मानव आले, सङ्खुवासभा
युएईबाट

१. पेम्बा नुर्बु शेर्पा, सोलु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button