सर्लाहीमा घर भत्किदा एककाे मृत्यु , तीन घाइते

सर्लाहीमा घर भत्किदा एक महिलाकाे मृत्यू भएकाे छ । मृत्यू हुनेमा जिल्लाकाे चन्द्रनगर गाउँपालिका ७ बस्ने कैलाश साहको नयाँ बनाउँदै गरेको घरमा खपडाको छाना छाउने क्रममा अचानक घर भत्किँदा सोही ठाउँ बस्ने हुकुम सिंहकी ६५ वर्षीया पत्नी देवकली साह गम्भीर घाइते भएकी थिइन् ।
घाइते साहकाे मलगंवास्थित श्रीराम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
त्यसैगरी घर भत्किदा घाइते हुनेमा क्रमश ः घरधनीका ७० वर्षीय बुवा
रामवरण साह, स्थानीय रोशन कापडकी ५ वर्षीया छोरी गुन्जना कुमारी र ३ वर्षीया छोरी जानुका घाइते भएको इप्रका सर्लाही प्रहरीले जनाएकाे छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।