डाक्टरको लापरबाहीले महिलाको मृत्यु पछि लहानको लिला मदन पोलिक्लिनिकमा तनाव



सिरहाको लहानमा शल्यक्रिया  गराएकी एक महिलाकाे  मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । जिल्लाकाे 

लिला मदन पोलिक्लिनिकमा शल्यक्रिया  गर्न आएकी एक महिलाको डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै  पिडित पक्षकाे परिवार आफ्न्त निकै  आक्रोशित भएका छन् ।


सप्तरीको खड्ग नगरपालिका ३ की   अन्दाजी वर्ष २३ की मौसम खातुनको मृत्यु भएको हो ।  उनकाे  मृत्यु  भए लगत्तै क्लिनिकका डाक्टर डा. दिलिप साह फरार छन् ।

यता घटना लगतै पोलिक्लिनिकका सञ्चालकले पीडित परिवारलाई मिलाउन खाेजीरहेका छन् ।

त्यहाँकाे अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको र अहिले घटनाको  सम्बन्धमा थप   अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय लाहानका डिएसपी सरत थापाले जानकारी दिए ।

खातुनकाे २५ दिनअघि लिलामदनमै  प्रसूतिको शल्यक्रिया  गरिएको थियो । उनका परिवारका अनुसार अपरेशनको दुई वटा टाँका चुडेपछि खातुनलाई पीडा भएको थियो । उनलाइ पेट दुखेपछि पुनः अस्पताल ल्याउदा ३० हजार  लाग्ने भन्दै अस्पतालले पैसाकाे लाेभमा पुन अपरेशन गर्न लगाएकाे  परिवारको आरोप छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button