संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित



 


संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । लिपुलेक,लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको अध्यावधिक नयाँ नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथि मतविभाजन गर्दा उपस्थित सबै ५७ सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संविधान संसोधन दोश्रो विधेयक आजै प्रमाणित गरिने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button