क्वारेन्टिनमा आत्महत्या गरेका बिकमा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
अर्घाखाँचीका
अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा बसेका शितगंगा–५ का देबबहादुर विकमा कोराना भाईरस संक्रमण पुस्टि भएको छ । मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका ४४ वर्षका बिकमा कोरोना संक्रमण पुष्टि भएको हो । विकको जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । त्यसको ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर रिपोर्ट नआउन्जेल बुधबार दिनभर उनको शव रुखमै झुण्डिएकै अवस्थामा थियो । उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । वडा अध्यक्ष कमल पौडेलले पीसीआर रिपोर्ट आएपछि साँझ ५ बजेतिर नेपाली सेनाले विकको शव वडा नम्बर ५ कै जंगलमा लगेर व्यवस्थापन गरेको जानकारी दिए । उक्त क्वारेन्टिनमा २५ जना बसेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button