नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाँध्याे

नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ। पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।
बुधबार देशभरकै विभिन्न अस्पतालहरूमा गरीएकाे परीक्षणमा ५ सय ८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे संगै कुल संक्रमितकाे संख्या संख्या सात हजार १ सय ७७ पुगेको हो।
मन्त्रालयका अनुसार बुधबार एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित महोत्तरीमा जिल्लाकाे रहेकाे छ । बुधबार गरिएकाे स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले महोत्तरीमा मात्रै २ सय जना संक्रमित थपिएकाे बताए ।
त्यसैगरी रौतहटमा १२७, प्युठानमा ३८, उदयपुरमा ४ , सिराहामा १, मोरङमा ९, झापामा २, धनुषामा २६, बारामा ७, कपिलवस्तुमा १०, रुपन्देहीमा ७, सर्लाहीमा ६, अर्चाखाँचीमा १२, कैलालीमा १, पर्वतमा ३, पूर्व नवलपरासीमा १७, गुल्मीमा २६, बाँकेमा १, बर्दियामा ३१, दाङमा ८, सल्यानमा २५, सुर्खेतमा २, दैलेखमा २, कालीकोटमा १४ र कञ्चनपुरमा सातजना नयाँ संक्रमित थपिएका छन्।