प्रदेश नं २ मा काेराेना भाइरस संक्रमितकाे संख्या ३ हजार नजिक

प्रदेश नं २ मा काेराेना भाइरस संक्रमितकाे संख्या झण्डै ३ हजार पुगेकाे छ । प्रदेशमा पछिल्लाे २४ घण्टामा थप ३सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशभरकाे विभिन्न अस्पतालमा गरीएकाे परीक्षणमा बुधबार २१ जना महिला र ३ सय २७ जना पुरुष गरी आज मात्रै ३ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश नं २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा आज मात्रै सबैभन्दा बढी २ सय जना काेराेना संक्रमित थपिएका छन् ।
त्यसैगरी क्रमश ः राैतहटमा १सय ११ जना,धनुषामा २६ जना,सर्लाहीमा ६ जना,बारामा ४ जना र सिरहामा १ जनामा कोराना भाइरस देखिएको मन्त्रालयका सचिव घिमिरेले जानकारी दिए ।
यो सँगै पदेश नं २ मा कूल संक्रमितको संख्या २ हजार ७ सय १८ पुगेको छ ।