शम्भु र विरेन्द्रको परिवारलाई प्रदेश सरकारले ५/५ लाख दिने निर्णय

प्रदेश नं २ काे सरकारले शम्भू सदा र विरेन्द्र यादवको परिवारलाई क्षतिपुर्ति स्वरुप जनहि ५/५ लाख रुपैया दिने घाेषणा गरेको छ ।
प्रदेश मन्त्री परिषदको बुधबार बसेकाे बैठकले प्रहरी हिरासतमा निधन भएका सदा र भारत बाट आउदै गर्दा जटही नाँकामा निधन भएका यादवको परिवारलाई राहत स्वरुप ५/५ लाख रूपैयाँ दिने निर्णय गरेकाे छ ।
यसअघि शम्भू सदाकाे परिवारलाइ मात्रै प्रदेश सरकारले ३ लाख दिने सहमती भएकाे थियाे तर बुधबार बसेकाे प्रदेश मन्त्री परिषदको बैठकले यस सहमतीलाइ हेरफेर गरी सच्याउदैं विरेन्द्र यादवकाे परिवारलाइ पनि उक्त रकम दिने निर्णय गरेकाे छ ।