शम्भु सदाकाे सहमतीपछि ७ दिनमा पोष्टमार्टम सम्पन्न, प्रदेश २ सरकारले ३ लाख दिने घाेषणा



धनुषाको सबैला नगरपालिकामा प्रहरी कार्यालय भित्रै झुण्डिएका शम्भु सदाको पोष्टमार्टम रिपोर्ट सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषा र मुसहर समुदायबीच भएको सहमती पछि सदाको मृत्यु भएको ७ दिनपछि उनको शवको पोष्टमार्टम गरिएको हो ।
स्थानीय मुसहर समुदाय तथा दलित अगुवाहरुले सदाको मृत्यु प्रकरणको अनुसन्धान र क्षतिपूर्तीको माग गर्दै शवको पोष्टमार्टम गर्न मानेका थिएनन् ।
पोष्टपमार्टम पूर्व उनीहरुले राखेको मागको विषयमा सहमती जुटे पश्चात पोष्टमार्टम गरिएको हो । आन्दोलनरत संघर्ष समिति र स्थानीय प्रशासन बीच ३ बुँदे सहमति भएको छ ।


सदाको शव दाहसंस्कारका लागि बुधबारै प्रादेशिक अस्पताल जनकपुरबाट सबैलास्थित गाउँमा लैजाने तयारी गरिएको छ ।

यसैबिच प्रदेश नं  २ काे सरकारले  पिडित  सदाकाे  परिवारलाई ३ लाख रुपैयाँको क्षतिपूर्ति दिने घाेषणा गरेकाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button