कोरोनाबाट थप एक महिलाको मृत्यु, नेपालमा कोरोनाबाट मर्नेको संख्या २० पुग्यो



बाकेमा कोरोना भाइरस कोभिड १९को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । जिल्लाको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् । यसअघि बाँके जिल्लाकै ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षिय युवाको कोरोनाका कारण मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button