प्रदेश २ मा पछिल्लो समय १ सय ८५ जना कोरोना संक्रमित



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश २मा मंगलबार मात्रै ७ जना महिला र १ सय ७८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो ।


संक्रमित हुनेहरुमा महोत्तरीमा ८९ जना सप्तरीमा ३ जना, सिरहामा २ जना, पर्सामा २ जना, धनुषामा २१ जना, सर्लाहीमा १६ जना, रौतहटमा ५२ जना रहेका छन् । योसँगै पदेश २ मा कूल संक्रमितको संख्या २ हजार ३ सय ७० पुगेको छ ।
प्रदेश २ मा पछिल्लो समय ५ सय ६ जना कोरोना संक्रमित उपचारपछी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button