मंगलबार नेपालमा थप ३ सय ८० जनामा पाेजेटिभ



नेपालमा काेराेना संक्रमित झण्डै सात हजार नजिक रहेकाे छ ।   मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमित थपिएकाे बताए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

मंगलबार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पाेजिटिभ देखिएकाे छ  ।


त्यसमध्य ४ सय  ९९ महिला र  ६ हजार ९२ पुरुष रहेको प्रवक्ता गौतमले बताए । त्यस्तै पछिल्लो २४ घण्टामा ११७ जना उपचारपछि  स्वास्थ्य लाभ गरी घर फर्किएका छन्  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button