प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्यायो

मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश नम्बर २ सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको छ । सोमबार आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले चौथो अधिवेशनको ११ औं बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत रकम विनियोजन गरिएको छ । यसैगरी पूँजीगततर्फ पूँजीगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३.६७ प्रतिशत, वित्तिय व्यवस्थातर्फ १६ करोड अर्थात ०.४८ प्रतिशत विनियोजन गरिएको छ ।