प्रदेश २ मा १ सय ७१ जनामा कोरोना भाईरस संक्रमण,, कुल संक्रमितको संख्या २ हजार १ सय ८५ पुग्यो



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ७१ जनामा कोरोना भाईरस संक्रमण भेटिएको छ । संक्रमित हँुनेहरुमा रौतहटमा ९८ जना, सर्लाहीमा ४३, महोत्तरीमा ३० जना, पर्सामा १० जना, सिराहमा ४ जना, धनुषामा ४ जना र बारामा २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितमध्ये ५ जना महिला छन् । योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार १ सय ८५ पुगेको छ ।
यसैगरी अहिले सम्म ४ सय ७८ जना उपचार पछि कोरोनाबाट निको भएर डिस्चार्ज भएको प्रदेश २ को समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button