नेपालमा थप ४ सय ५१ जना कोरोना सङ्क्रमित,, कुल सङ्क्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा सोमबार दिईएको जानकारी अनुसार नेपालमा थप ४ सय ५१ जना कोरोना भाईरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित मध्ये पुरूष ४ सय १६ र महिला ३५ जना रहेका छन । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार २ सय ११ पुगेको छ । जस मध्ये ४ सय ७१ जना महिला र ५ हजार ७ सय ४० जना पुरुष रहेका छन् ।


त्यसैगरी पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना अस्पतालबाट उपचारपछी डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एकहजार ४१ पुगेको छ । ती मध्ये १ सय ४ जना महिला र बाँकी ९ सय ३७ जना पुरुष छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button