पर्सामा थप १० जना कोरोना सङ्क्रमित, दुई दिनमा आठ स्वास्थ्यकर्मी पनी संक्रमित



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्सामा सोमबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा दुई दिनमा जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा खटिएका आठ स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


सोमबार पर्सा जिल्लामा एक महिलासहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आइतबार पाँच जना र सोमबार तीन जना गरी आठ जना स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा खटिँदा सङ्क्रमित बन्न पुगेका छन् । क्वारेन्टाइनमा खटिँदा पर्याप्त व्यक्तिगत सुरक्षा नहुनु, क्वारेन्टाइनमा बसेकाहरू अनुशासित एवम् सुरक्षित बन्दै सामाजिक दूरी बनाएर नबस्ने गरेकाले पनि उपचारमा संलग्न स्वास्थ्यकर्मीको टोलिमा नै सङ्क्रमण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए संक्रमित हँुनेहरुमा आइतबार पाँच पोखरिया क्वारेन्टाइनका पाँच जना स्वास्थ्यकर्मी र सोमबार बिन्दवासिनी क्वारेन्टाइनका तीन जना गरी आठ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । सोमबार पुष्टि भएका पर्सा जिल्लाका सङ्क्रमितहरूमा नौ जना बिन्दवासनी गाउँपालिकाको क्वारेन्टाइन र एक जना पटेर्वा सुगौली गाउँपालिकाको रहेका छन् ।

भारतको विभिन्न सहरबाट घर फर्किएका बिन्दवासनी गाउँपालिकामा राखिएका झौवागुठी क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीसमेत सङ्क्रमित भएका हुन् ।
आइतबार पनि पर्साको पोखरिया नगरपालिकामा रहेको क्वारेन्टाइनमा खटिएका पाँच जना स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

नयाँ पुष्टि भएका सबै सङ्क्रमितहरूलाई वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा ल्याउने काम भइरहेको बताईएको छे । आइतबार २० जना नयाँ सङ्क्रमित थपिएसँगै पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या १ सय ५३ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button