घरभाडा छुट गर्ने घरधनी तामाङ सम्मानित



मेरो प्रदेश सम्वाददाता


बर्दिवास

महोत्तरीको बर्दिवास नगरमा बन्दाबन्दीको अवधिभरिको घरभाडा नलिने घोषणा गरेका घरधनी हर्कबहादुर तामाङ, सम्मानित भएका छन् । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको लकडाउन अवधिको घरभाडा नलिने घोषणा गरेका घरधनीलाई बर्दिवासका स्थानिय ब्यवसायीले शनिबार सम्मान गरेको हो । बर्दिवास–१ का हर्कबहादुर तामाङले गत चैतमै लकडाउन अवधि भरिको घरभाडा नलिने स्वेच्छिक घोषणा गरेका थिए,।

सम्मानित तामाङले बन्दाबन्दीका बेला व्यापार व्यवसाय सबै ठप्प भएका हुँदा व्यापारीको मनोबल घट्न नदिन भाडा नलिने स्वेच्छिक घोषणा गरेको बताए । तामाङले सम्मान कार्यक्रममै गत चैतदेखि जेठ मसान्तसम्मको घरभाडा नलिन सबै घरधनीलाई अपिल पनि गरे । ‘व्यापार व्यवसाय बन्दाबन्दीले ठप्प भएका बेला साना व्यापारीले कसरी भाडा दिन सक्लान् ?’, तामाङ्ले भने– ‘व्यवसाय जिउँदो राख्न पनि सबै घरधनीले मन फराकिलो बनाउनै पर्छ ।’ यस कार्यमा जिल्लाका सबै उद्योग वाणिज्य सङ्घ र स्थानीय प्रशासनले आवश्यक समन्वय गरिदिनपर्ने तामाङको सुझाव थियो । तामाङको बर्दिवास–१ औैरहीरोड स्थित दुईतले भवनमा १७ सटरमा व्यापार व्यवसाय हुँदै आएको छ । घरधनी तामाङ्ले बन्दाबन्दीपूर्वझैँ व्यवसाय सञ्चालन गर्न सबै व्यापारीलाई अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button