हतियार र गाँजासहित रौतहटबाट २ जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटबाट प्रहरीले अवैध हतियार र लागुऔषध गाँजासहित दुुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका–८ जयराजपुरका ४० वर्षीय कर्मुलाह अन्सारी र राजपुर नगरपालिका–५ का ४५ वर्षीय महमद सलाम रहेको रौतहट प्रहरीले जनाएको छ । अन्सारीको साथबाट प्रहरीले एकथान नलकटुवा पेस्तोल र २ थान गोली बरामद गरेको छ भने महमद सलाम को साथबाट ५ किलो लागुऔषध गाँजा बरामद गरेको बताईएको छ । शनिवार साँझ ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले जयराजपुरबाट हर्षाहा जान लागेका अन्सारीलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा हतियारसहित पक्राउ गरेको हो । त्यसैगरी
कटहरिया–२ हँथियाही गाँउनजिकै झोलामा राखेर साइकलमा आफनो घरतर्फ जाने क्रममा शनिवार साँझ प्रहरीको गस्तीटोलीले सलामलाई गाँजासहित पक्राउ गरेको थियो ।


हतियार र गाँजासहित पक्राउ परेका दुवैजनालाई आज मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button