नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
ेपालमा पछिल्लो समय कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । गुल्मीमा एक युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएसँगै यो संख्या बढेको हो ।


गुल्मीको धुर्कोट गाउँपालिकाका २७ वर्षका एक युवाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका हुन् । उनी क्यान्सरबाट पनि पीडित रहेको र उनको तमघासमा रहेको आइसोलेसनमा उपचार हुँदै गर्दा मृत्यु भएको हो । यसबारे स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गर्न बाँकी छ ।

यो सँगै कोरोना भाईरसका कारण मात्रै गुल्मीमा दुई जनाले ज्यान गुमाएका छन् । यसअघि त्यहाँका एक ४६ वर्षीय शिक्षकको पनि कोरोनाका कारण बुटवलमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button