प्रदेश २ मा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि,,दुईको मृत्यु



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ मा शनिवार थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै प्रदेश २ मा १ सय १ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुँनेहरुमा कम उमेरका डेढ र तीन वर्षका बालबालिका समेत रहेका छन् ।


यसैगरी प्रदेश २ को रौतहटमा शनिबार सबैभन्दा बढी ९० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए । प्रदेश २ मा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पर्सामा गएको बिहीबार मृत्यु भएका बेवारिसे मृतकको शव र शुक्रबार मृत्यु भएका बाराको निजगढका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी सर्लाहीमा आज ११ जना, पर्सामा ५ जना र महोत्तरीमा १ जना कोरोना संक्रमित थपिएको जनस्वास्थ्य अधिकृत विजय झाले बताए । प्रदेश २ मा कूल ४ सय ३७ जना उपचारपछि निको भएका छन् । प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button