रौतहटमा शनिवार मात्रै थप ४४ जनामा कोरोना पुष्टि

मेरो प्रदेश सम्वाददाता
रौतहट
भारतबाट नेपाली फिर्ता आउने क्रम निरन्तर भईरहँदा रौतहटमा दुई सातायता कोरोना भाईरसका सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा शनिबार मात्रै ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भारसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ सय ६१ पुगेको छ । काठमाडौँको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
शनिबार हाल सङ्क्रमित सबै जना परोहा नगरपालिकाको रहेका छन । ससङ्क्रमण पुष्टि भएकाहरु भरतबाट आएर सम्बन्धित नगरपालिकाको क्वारेन्टाइनमा बसेका छन् ।
यसअघि शुक्रबार मात्रै जिल्लामा ८१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
जिल्लाको विभिन्न स्थानीय तहले हालसम्म संचालन गरेको १० हजार २ सय ८७ बेडको क्वारेन्टाइनमा ३ सय ३९ महिला र सात हजार १ सय ५५ पुरुष गरी सात हजार ४ सय ९४ जना बसिरहेका छन । जिल्लाको क्वारेन्टाइनबाट नेगेटिभ रिपोर्ट आएका तीन हजार ३ सय ८९ जनालाई घर पठाईएको र बाँकी तीन हजार ९ सय ११ जनाको रिपोर्ट आउन बाँकी रहेको बताईएको छ ।