नेपालमा थप २ सय ७३ जनामा कोरोना भाईरस संक्रमण सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ३५ पुग्यो ।

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिईएको जानकारी अनुसार नेपालमा पछिल्लो समयमा थप २ सय ७३ जना कोरोना भाईरसबाट सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
केरोना भाइरसका कारणा दुईजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भएर थप ३६ जना उपचारपछी डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म कुल ९ सय १३ जना उपचारपछि घर फर्किएका छन्।