सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका भारतीय नागरिकको परिचय खुल्यो



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका भारतीय नागरिकको परिचय खुलेको छ । पर्सा गाउँपालिका– ३ स्थित नारायणपुर सीमामा शुक्रबार सुरक्षाकर्मीले चलाएको गोली लागेर भारत सितामढी जिल्लाको सोनबरसा पिपरा परसाइन पञ्चायत जानकी नगर टोल लालबन्दीका २५ वर्षीय डिकेश कुमारको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।


यस्तै सोही स्थानका उमेश राम र सहोरबा निवासी उदय ठाकुर गोली लागेर घाइते भएकक थिए घाईते उनीहरुको भारतको सीतामढीमा उपचार भइरहेको जनाइएको छ । आक्रमणपछि भएको जवाफी कारबाहीमा भारतीय युवकको मृत्यु भएको प्रहरी दावी गरेको छ । तर, भारतीय सञ्चार माध्यमले भने उनी खेतमा काम गरिरहेको बेला प्रहरीले गोली हानेर मारेको दावी गरेका छन्। जबकी भारतीय तस्करहरुको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। सशस्त्र प्रहरीका हल्दार संजय राय, प्रहरी जवान उपेन्द्र पौडेल र रंजन सिंह घाइते भएको शसस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी राजु अर्यालले जानकारी दिए । उनीहरुको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button