जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ



मेरो प्रदेश सम्वाददाता
सिरहा
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई सिरहाबाट पक्राउ गरेको छ । छ । पक्रउ पर्नेमा कल्याणपुर नगरपालिका ४ महोलियाका २२ वर्षीय हैदर मियाँ रहेका छन । मियाले गाउँकै एक युवतीलाई घरमा सुतिरहेको अवस्थामा आइतबार राती भित्र पसि युवतीको मुख छोपेर जबरजस्ती करणी गरेको युवतीको जाहेरीबाट खुलेको छ । प्रहरीले


मियाँलाई आजै जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहामा दर्ता भई थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए ।
घटना आइतबारै भएपनि स्थानीयको दवावमा गाउँमै मिलाउने कोशिस भएको थियो । भोलिपल्ट अबेरमात्र प्रहरीले सूचना पाएको थियो । प्रहरीले सूचना पाउनासाथ युवकलाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरेको छ । प्रहरीले युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिसकेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button