सर्लाहीमा बुधबारमात्रै थप २७ जनामा कोरोना भाइरस संक्रमण



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा बुधबारमात्रै थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।


सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी का अनुसार सर्लाहीमा स्वाब परीक्षणका लागि पठाइएका मध्ये बुधवार रामनगर गाउँपालिकाका १०, चन्द्रनगर गाउँपालिकाका १०, कविलासी नगरपालिकाका ५ र कौडेना गाउँपालिकाका २ जनामा संंक्रमण पुष्टि भएको हो । चन्द्रनगर गाउँपालिकामा पहिलो पटक संक्रमित भेटिए पछी सर्लाहीमा कोरोना संक्रमितको संख्या ४ सय १३ पुगेको छ ।

दैनिक संक्रमित थपिँदै जाँदा सरसफाई, खानपिन र सुत्नेबस्ने ठाउँको व्यवस्थापन गर्न अप्ठेरो परिरहेको जिल्लाका स्थानीय तहहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button