गाँजासहित तीन जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय जीतबहादुर वाइवा, सोही ठाउँका २२ वर्षीय दिलबहादुर वाइवा र पर्सा बहुदरमाई नगरपालिका–५ भौराटारका ३२ वर्षीय हरिशङ्कर महतो रहेको पर्साको प्रहरी उपरीक्षक गङ्गा पन्तले बताईन ।


वीरगञ्ज महानगरपालिका–२७ रामपुर टोलमा लागुऔषध गाँजा ओसारपसार हुँदै छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीकोे टोलीले ना ४ च ८५९९ नंको अल्पाइन मेडिकल कलेज (टिचिङ हस्पिटल) सिमरा बाराको एम्बुलेन्समा लुकाई छिपाई पर्साको बहुदरमाई नगरपालिका–५ भौराट्टार गाउँतर्फ लैजाँदै गरेको ५६ किलोग्राम लागुऔष गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button