रगतको अभाव भएपछि वीरगन्जमा रक्तदान

मेरो प्रदेश सम्वाददाता
पर्सा
रगतको अभाव भएपछि वीरगन्जमा आज रक्तदान गरीएको छ ।
लकडाउनका कारण मानिसको आवत जावतमा समेत रोक लागेपछि वीरगन्ज रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन थाले पछि गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले रक्तदान र्कायक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा १ महिला सहित १ सय २ जनाले रगत दिएका फाउण्डेशन पर्साले जनाएको छ । रक्तदान कार्यक्रम फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको थियो ।