पछिल्लो परीक्षणको रिपोर्ट अनुसार प्रदेश २ मा १ सय ९६ जनामा कोरोना संक्रमण कुल संक्रमितको संख्या १ हजार ५ सय ७३ पुग्यो



मेरो प्रदेश सम्वाददाता
धनुषा


प्रदेश २ मा पछिल्लो परीक्षणको रिपोर्ट अनुसार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेश २ मा कोरोना संक्रमितको सङ्ख्या १ हजार ५ सय ७३ पुगेको हो ।
कोरोना संक्रमण पोजिटिभ देखएकाहरूमा सप्तरीका ६, सिरहाका १३, रौतहटका ६८, महोत्तरीका ४४, धनुषाका २२ र सर्लाहीका ४३ जना रहेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button