प्रदेश २ मा पछिल्लो पटक थप ५४ जनामा कोराना भाइरसको संक्रमण ,,संक्रमितको संख्या १ हजार ३ सय ७७ पुग्यो,, बर्दिवासमा पनी थप १५ जना संक्रमित

मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ मा पछिल्लो पटक थप ५४ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्रलायका सचिव रामप्रसाद घिमिरेले दिएको जानकारी अनुसार
सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना, सर्लाहीमा १ जनामा संक्रमित भएका छन ।
सप्तरीको राजविराज नगरपालिकाको क्वारेन्टाइनमा रहेका ७ जना, छिन्नमस्ता गाँउपालिका क्वारेन्टाइनमा रहेका ४ जना र कञ्चनपुर नगरपालिका क्वारेन्टाइनमा रहेका २ जनामा संक्रमण पुष्टि भएको छ ।
सप्तरीमा संक्रमितमध्ये ३ जना महिला र १० जना पुरुष हुन् । धनुषामा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ११ जना र जनकनन्दी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १० जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये २० जना पुरुष र १ जना महिला रहेका छन । त्यसैगरी महोतरीको बर्दिबास नगरपालिकाको क्वारेन्टाइनमा रहेका १५ जना, एकडारा गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महोत्तरीमा संक्रमतिमध्ये १८ जना पुरुष र १ जना महिला रहेका छन् । सर्लाही जिल्लाको कोडेना गाउँपालिका क्वारेन्टाइनमा रहेका ३० वर्षीय १ जना पुरुष कोरोना भाइरसबाट संक्रमित भएका छन । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ ।