अबैध ८ लाखसहित एक जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
रौतहट
प्रदेश र जिल्लाको संयुक्त प्रहरी गस्ती टोलीले रौतहटको गौरस्थित टिकुलियाबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साह रहेको रौतहटका प्रहरी प्रवक्ता एवं डीएसपी भरत श्रेष्ठले बताए ।


यसअघि जेठ ८ मा रौतहटको इशनाथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ प्रहरीले बरामद गरेको थियो । ‘पछिल्लो केहि समय यता रौतहटमा अबैध रुपैयाँको ओसारपसार बढेको देखिएको छ ।
हुण्डी कारोबारीहरूले रौतहटको इशनाथ, गौर र राजदेवी नगरपालिकाको नाकाहरू प्रयोग गर्दै आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button