होम क्वारेन्टाईनमा बसेका १ जनाको मृत्यु,



मेरो प्रदेश सम्वाददाता
कहोत्तरी
महोत्तरीको गौशला नगरपालिका स्थित दुई दिनदेखि होम क्वारेन्टाईनमा बस्दै आएका गौशाला १० घर भएका ४० बर्षका डोमी मण्डलको गएराति मृत्यु भएको छ । भारतबाट आएलगतै गौशालास्थित क्वारेन्टाईनमा रहदै आएका मण्डलको पिसिआर रिपोर्ट निगेटिम आएपछि होम क्वारेन्टाईनमा बस्दै आएका उनको मृत्यु भएको हो ।
मृतक मण्डलको शवको आरटिडी र पिसीआर समेत परिक्षण गरिने प्राथमिक स्वास्थ्य केन्द्र गौशालाले जनाएको छ । तत्कालको लागि आरडिटी रिपोर्ट परिक्षण गरेपश्चात मण्डललाई अन्त्येष्टि गरिने चिकित्सक रविन्द्र कुमार कुशवाहाले बताउनुभयो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button