सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि

मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
संक्रमितहरु वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेका छन ।
संक्रमितमध्ये एक जना ३५ वर्षीया महिला रहेकी छिन् । संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताईएको छ ।
संक्रमितसबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।
यो संगै सप्तरीमा संक्रमितको संख्या ९३ पुगेकोे छ ।