बारामा थप ५ जनामा देखियो कोरोना संक्रमण

मेरो प्रदेश सम्वाददाता
बारा
बारामा भारतबाट आएका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण हुनेहरु सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरी रहेका छन ।
संक्रमित पाँचै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए
हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो ।
जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको उनले बताए ।