प्रदेश २ मा थप १९ जनामा कोरोना भाईरस संक्रमण



मेरो प्रदेश सम्वाददाता
धनुषा
नारायणी अस्पताल बीरगंजको ल्याबमा गरिएको परीक्षण अनुसार ।
प्रदेश २ मा थप १९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।


संक्रमितहरु पर्सा, बारा र रौतहका रहेका छन
संक्रमितहरुमा पर्सा जिल्लाका १ महिला र ७ पुरूष गरी ८ जना रहेका छन । यस्तै बारा जिल्लाका २ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहट जिल्लाका ४ जना परूषमा पनि संक्रमण पुष्टि भएको छ ।
पर्साका संक्रमितमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ का २० देखि ५५ वर्ष उमेरसम्मका रहेका छन् । यसैगरी बाराको सुवर्ण गाउँपालिका र पचरौता नगरपालिकाका गाउँपालिका ३ वर्षीय बालिकादेखि ३० वर्षसम्मका ७ जना संक्रमित रहेका छन ।
यस्तै रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का १७ , १८ र ४३ वर्षका पुरूषहरू रहेका छन् तेस्तै रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ३ का एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button