नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
आइतबार थपिएका संक्रमितमध्ये ४ जना महिला र २०९ जना पुरुष रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
त्यस्तै ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै १०२ जना डिस्चार्ज भएको छन् । हालसम्म देशभरमा १३ जनाको मृत्यु भएको प्रवक्ता देवकोटाको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button