भरुवा बन्दुकसहित २ जना सिरहाबाट प्रहरी नियन्त्रणमा



 


मेरो प्रदेश सम्वाददाता

सिरहा

भरुवा बन्दुक सहित २ जना सिरहाबाट पक्राउ परेका छन् । गोलबाजार नगरपालिका ३ घर भएका ६९ वर्षीय कुलबहादुर पुर्वछाने र ६२ वर्षीय तीलक बहादुर थापालाई प्रहरीले नियज्त्रण्नमा लिएको हो ।
लोड भएको भरुवा बन्दुक २ थान र छर्रा बारुदसहित उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
सिरहाको गोलबजार नगरपालिका ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकको एरियाबाट आइतबार दुवैजना पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button