कोरोना नियन्त्रणका लागि प्रभावकारी काम नभएका भन्दै सरकार विरुद्ध महोत्तरीमा नेविसंघको विरोध पर्दशन



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
कोरोना नियन्त्रणकालागि सरकारले प्रभावकारी काम नगरेको भन्दै काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध जुलुस प्रदर्शन गरेका छन् ।
तीनवटै तहको सरकारले महोत्तरी जिल्लामा कोरोना सम्बन्धि गम्भीरता पुर्वक काम नभएको भन्दै विद्यार्थी नेता तथा कार्यकर्ताहरुले जुलुस निकालेका हो ।
संक्रमण दिनानुदिन बढदै गएपनि केन्द्र ,प्रदेश र स्थानीय सरकारले शसक्त रुपमा काम नगरेको ै आज विरोध जुलुस निकालेको हो ।


महोत्तरी जिल्लामै ९५ जना संक्रमीत भेटिएका छन् । विद्यार्थीहरुले जिल्लामा जलेश्वर अस्पतालमा मात्र कोभिड – १९ उपचार केन्द्र बनाइएकोप्रति असन्तुस्ट हुँदै बिरोध गरेका हुन ।
अस्पतालको आइसोलेशनको क्षमता ५० बेड मात्रै रहेको छ । तर अहिले धेरै जना सँक्रमितहरु आइसोलेसन बाहिर रहेको बताइएको छ ।

“यस्तो जोखिमपुर्ण अवस्थामा तीनवटै तहको सरकार सङ हाम्रो नेपाल विद्यार्थी संगठन महोत्तरीको तपशील अनुसारको मागहरु जिल्ला प्रमुख सिडियो एवं जिल्ला विपद व्यवस्थापन समक्ष आज ज्ञापन पत्र बुझाएका छौं ।”– नेविसंघ महोत्तरीका जिल्ला अध्यक्ष आशुतोष झा नविनद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै, विरोध प्रदर्शनमा उनीहरुले ७ बुँदे माग गरेका छन् । आजको विरोध प्रदर्शनमा उनीहरुले पिसिआर चेकजाँच क्षमता बढाउन पर्ने र जिल्लाको लागि छुट्टै पिसिआर मेसिनको व्यवस्था मिलाउनुपर्ने माग गरेका हुन् ।
यस्तै, सीमामा फँसेको नागरिकहरु लाई व्यवस्थित तरिकाले उद्दर गर्नुपर्ने, गरिब विपन्न परिवारलाई समयमै राहतको व्यवस्था मिलाउनुपर्ने प्रत्येक वडामा को मापदण्ड अनुरुप अनिवार्य रूपमा क्वारेन्टाइनको संख्या बढाई क्वारेन्टाइन लाई व्यवस्थापन, कोभिड उपचार केन्द्र थप गर्दै भेण्टिलेटर सहितको आइसोलेसनको संख्या बढाउन पर्ने, जस्ता माग गरेका छन् ।

विरोध जुलुसमा नेविसंघका निबर्तमान केन्द्रीय सदस्य विजय राय, जिल्ला अध्यक्ष आशुतोष झा, निर्बतमान क्याम्पस एकाई सभापति निवेश मंडल, नगर सभापति बादल साह, मुजाहिद अंसारी, मुकेश पासवान,सुमित साह, चन्दन साह लगायत दर्जनौं विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button