आइतवारबाट  महाेत्तरी सहित देशभरका मालपोत कार्यालय खुल्ने



 


तीन महिनादेखि बन्द रहेको  महाेत्तरी लगाएत देशैभरकाे मालपाेत कार्यलय आइतवारदेखि खुल्ने भएको छ ।

कोरोना महामारी र लकडाउनका कारण तीन महिनादेखि बन्द रहेका मालपोत कार्यालयहरुबाट न्यूनतम सेवा प्रवाह गर्ने सूचना भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकमा शेषनारायण पौडेलले बताउनु भयाे ।

मालपोत कार्यालयहरुबाट आंशिक सेवा दिने प्रक्रिया अगाडि बढाउन भूमि ब्यवस्थापन  तथा अभिलेख विभाग मालपोत कार्यालयबाट प्रकाशित  सुचनामा उल्लेख गरिएकाे छ ।  विभागका   अनुसार  मातहतका कार्यालयहरुलाई आइतबारबाट कार्यालय खोल्न र काम सुचारु गर्न परिपत्र  समेत  गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button