मास्कबारे डब्लूएचओ काे नयाँ निर्देशिका जारी ,  यसले काेराेना राेक्न सक्ने संकेत 



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबै व्यक्तिलाई माक्स लगाउन अपिल समेत गरेको छ ।


यो बिरामी नजिक, सार्वजनिक स्थान तथा भिँडभाँडमा जाँदा अनिवार्य मास्क लगाउनु पर्ने सुझाव दिएको छ । यसअघि डब्लूएचओका विशेषज्ञ मास्कले कोरोना भाइरस रोक्छ कि रोक्दैन भन्नेमा दुविधामा रहेका थिए ।

तर अहिले कोरोना सर्ने नयाँ तरिका पत्ता लागेपछि कोरोना संक्रमण सर्ने स्थानमा जाँदा सबैले अनिवार्य मास्क लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।

यसैले सबैसँग सबै ठाउँमा सामाजिक दुरी कायम गर्न नसकिने भएकाले स्वस्थ व्यक्तिमा कोरोना भाइरस सर्न सक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबैलाई अनिवार्य रूपमा मास्क लगाउन अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button