नेपालमा काेराेनाबाट मर्नेकाे संख्या ११ पुग्याे

नेपालमा काेराेना भाइरस काेभिड १९ बाट थप १ जनाकाे मृत्यू भएकाे छ । याे संगै नेपालमा काेराेना भाइरसबाट मर्नेकाे संख्या ११ पुगेकाे छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ नतिजा आएको छ ।
नी आरडीटी रिपाेर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका थिए । भारतबाट आएका ती युवक जेठ ८ गतेदेखि पञ्चपुरी ९ स्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
यस अघि हिजाे मात्रै पाल्पामा एक जनाकाे काेराेना भाइरसका कारण मृत्यू भएकाे थियाे ।