प्रदेश नं २ मा काेराेना सङ्क्रमितको सङ्ख्या ८ सय नाँघ्याे 



प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय नाँघेको छ । हिजो एकै दिन थप ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय ५९ पुगेको हो ।


पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रदेश नं २ को नियिमत मिडिया ब्रिफिङमा
सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताउनु भयो ।

घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना, पर्सामा सात जना, सप्तरी र सिरहामा एक , एक जना गरी ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button