थप २ सय १ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २ हजार ३ सय पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा थप २ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय पुगेको छ । सङ्क्रमितहरुमा २ हजार १ सय ३० पुरुष र एकसय ७० जना महिला सङ्क्रमित रहेका छन् ।

तस्तै क्वारेन्टाइनमा एक लाख ५५ हजार ८ सय ६८ रहेका छन् । डिस्चार्ज हुनेमा आज १२ जनासहित कुल २ सय ७८ जना रहेका छन । सङ्क्रमित मध्ये २ सय २२ जना पुरूष र ५६ जना महिला उपचार पछी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button